काठमाडौं २७ असार (ओएनएस) : विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइदैछ । संयुक्त राष्ट्रसघको आह्वानअनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् । यसवर्ष जनसंख्या दिवसको नारा ‘युवामा लगानी गरौं’ भन्ने राखिएको छ । दिवसका अवसरमा शुभकामना दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने बताए । विश्वमा १० देखि २४ वर्षलाई युवा मानेको छ । यसअनुसार नेपालमा यो उमेरका करिब ३३ प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको छ ।