पप स्टार शाकिरा पुनः गर्भवती

214
  •  
  •  
  •  

काठमाडौ, ७ साउन (एजेन्सी) : फीफा विश्वकपमा पहिलो चरणमा बाहिरिएको पिडा भोगिरहेका स्पेनका खेलाडी गेरार्डले एक महिनाका बीचमा खुसीको खबर पनि पाएका छन् । एक न्युज वेबसाइटका अनुसार उनकी गर्लफ्रेन्ड र पप स्टार शाकीरा गर्भवती भएकी छिन् । उनी दोस्रो पटक गर्भवती भएकी हुन् । यसभन्दा पहिले नै गेरार्ड पिक र शाकिराका एक छोरा छन् । उनका नाम मिलान हो ।

sakira-pregnent-againवेबसाइटका अनुसार शाकिराका नजिकका आफन्तले उनी दोस्रो पटक गर्भवती भएको खबरको पुष्टी गरेका छन् । आफन्तहरूले भनेका छन्, ‘हो, यो सही हो । शाकिरा गर्भवती छिन् । शाकिरा र गेरार्ड दोस्रो बच्चा चाहन्छन् ।’ शाकीरा र गेरार्डको छोरा मिलान जनवरी २०१३ मा जन्मिएका थिए । तर, यस घटनाका सम्बन्धमा गेरार्ड पिक र शाकिराले कुनै पनि प्रकारको पुष्टी गरेका छन् ।

शाकिरा र बार्सिलोनाका स्टार फुटबलर गेरार्ड पिक अन्तिम पटक ब्राजिलको आयोजनामा भएको फीफा वर्ल्डकपको समापन समारोहमा देखिएका थिए । शाकिराले फाइनल खेलपछिको समापन समारोहका क्रममा आफ्नो गाना ‘ला ला ला’ मा आफ्नो प्रस्तुती गरेकी थीइन् । उक्त समयमा उनीहरूका छोरा मिलान पनि उपस्थित थिए ।


  •  
  •  
  •