गरिबीका कारण ३५ दिनकी सुत्केरीले आत्महत्या गरिन्

31
  •  
  •  
  •  

काठमाडौं १८ भदौ ।
कोर्चाबाङ–३ उपल्लो घापाका १९ वर्षीय सविना घर्तीमगरले विष सेवन गरेर आत्म हत्या गरेकी छिन्। ३५ दिनकी सुत्करी घर्तीले चरम गरिबी कारण खान नपाएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायव उपरिक्षक नविन राज राईले सविनाको घरमा खाने चीज केही पनि नभेटिएको जानकारी दिए। सविनाको परिवार स्थानीयको घरमा भाडामा बस्दै आएको थियो।

सविनाले दिउँसो तीन बजेतिर विष सेवन गरेकी थिइन्। गाउँका स्थानीय महिलासँग घरमै केही समय भलाकुसारी गरेकी उनले घर फर्किए पछि विष सेवन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। एक वर्ष अघि सविनाको काठमाडौंमा विहे भएको थियो। मृतकको जिल्ला अस्पताल रेउघामा पोस्टमार्टम गरिएको जिल्ला अस्पतालले जनाएको छ।
नागरिकबाट


  •  
  •  
  •