गरिव घरपरिवारलाई असारभित्रै परिचयपत्र दिइने

71
  •  
  •  
  •  

काठमाडौँ, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य असार मसान्तभित्रमा सम्पन्न गर्ने निर्णय भएको छ ।

अर्थ मन्त्रालय र भूमिव्यवस्था. सहकारी तथा गरिवी मन्त्रालयको विहीबार बसेको बैठकले चालु आर्थिक वर्ष २०७७/७८ भित्र परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकमा गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यको आवश्यक व्यवस्था भूमिव्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले मिलाउने निर्णय भएको छ । सो कार्यका लागि आवश्यक पर्ने थप स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्नेछ ।

बैठकले गरिव घर परिवार पहिचान तथा परियच पत्र वितरण कार्य सम्पन्न गर्न एक हप्ताभित्र क्रियाकलापसहितको कार्यतालिका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले तयार पार्ने निर्णय गरेको छ ।

घर परिवार सर्वेक्षणमा झुठ्ठा वा नक्कली तथ्यांक संकलन र प्रविष्ट हुन नसक्ने विधि सहित त्यस्ता तथ्यांकको सिफारिस गर्ने वा संकलन गर्ने वा प्रविष्ट गर्ने पदाधिकारी उपर कारवाही गर्ने प्रणाली भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले विकास गर्ने निर्णय पनि गरिएको छ ।

 


  •  
  •  
  •