नेपाल कम आर्थिक स्वतन्त्रता भएको मुलुक

99
  •  
  •  
  •  

काठमाडौं ३ कात्तिक (ओएनएस) :  विश्वमा नेपाल सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएको देशमध्य १ सय २६औं मुलुकमा परेको छ । । नेपाल यस बर्षको प्रतिवेदनमा ६ दशमलव १६ अकंकका साथ १ सय ५२ देशहरुमध्ये १ सय १६ औं स्थानमा रहेको हो ।

नेपालले कानूनी,व्यवस्था र निजी सम्पतिको अधिकार,श्रम सम्वन्धि नियमन र व्यापार व्यवसायसम्वन्धि नियमनका परिसुचकमा कम अंक हासिल गरेको छ । द प्रस्पेरीटी फाउनडेशनले सोमवार सार्वजनिक गरेको यस बर्षको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा सो उल्लेख गरिएको छ । त्यस्तै हङकङ विश्वमा सवैभन्दा उच्चदरको आर्थिक स्वतन्त्रता भएको देश ।

आर्थिक स्वतन्त्रताको कमीलाई नेपालले तीव्र रुपमा आर्थिक वृद्धि गर्न नसक्नुको एक कारणको रुपमा पनि लिने गरिन्छ । यस प्रतिवेदनले विभिन्न ४२ वटा मापदण्ड प्रयोग गरि आर्थिक स्वतन्त्रता सूचाङ्कको निर्माण गरेको छ ।

विश्वव्यापी रुपमा आर्थिक स्वतन्त्रता घटेर ६ दशमलव ८४ पुगेको प्रतिवेदनमा उल्लेख छ । यस विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन, क्यानडा स्थित सार्वजनिक नीति प्रतिष्ठान, फ्रेजर इन्स्ट्यिुटद्वारा इकोनोमिक फ्रिडम नेकर्वकसँगको सहकार्यमा वार्षिक रुपमा प्रकाशित गरिन्छ ।

इकोनोमिक फ्रिडम नेकर्वक विश्वका ९० भन्दा बढी मुलुकका स्वतन्त्र सार्वजनिक नीति प्रतिष्ठानहरुको छाता संगठन हो । नेपालका तर्फबाट समृद्धि, द प्रोस्पेरिटी फाउन्डेसन विगत आठ वर्षदेखि यसको सदस्यको रुपमा रहदै आएको छ ।


  •  
  •  
  •