पुरै बस्ती बहुविवाहमा, परिवारको बिचल्ली

566
  •  
  •  
  •  

बाँके, असार २० – उढरापुर २ की हजारी सुनारले पति राजकुमारलाई भेट्न नपाएको करिव १४ वर्ष भयो । दोस्रो बिहे गरेर पति सम्पर्कविहीन भएपछि उनी एक्लिएकी हुन् । यस अवधिमा उनको जीवनमा धेरै उतारचढाव आए । हाल जेठी छोरी इन्द्रा ९ र कान्छी विनिता ६ कक्षामा अध्ययनरत छन् ।

बिनिता एक वर्षको हुदाँ राजकुमारले अर्को विवाह गरेको उनले बताइएन । राजकुमार प्रहरी सेवामा छन् ।
जागिरको सिलसिलामा उहाँ बाहिरै बस्नुहुन्थ्यो, कान्छी लिएर काठमाडों बसेकी सुनेकी छु उनले भनिन् अहिलेसम्म फोन सम्पर्क र देखभेट भएको छैन् । दुई छोरीहरुलाई जेनतेन पढाइरहेकी छन् । छोरीहरुलाई पाल्न र पढाउन उनले निकै दुख गर्नुपरेको छ ।
उढरापुर २ कै भुगली सुनारको जीवन पनि निकै पीडादायी छ । उनकी एक छोरी छिन् । पति कैलासले दोस्रो विवाह गरेका छन् । कान्छी भित्र्याएपछि कैला मजदुरीका लागि भारत गएको स्थानीयले बताए । सौतासँग रातदिन झगडा हुन थालेपछि छोरीका साथ घर छाडेर हिडेकी छिन् ।
उढरापुरकै सिमलघारीकी मदनाकुमारी सुनारका पति पनि अर्को विवाह गरेपछि परिवार तनावमा छ । स्थानीयका अनुसार उक्त बस्तीमा धेरैले बहुविवाह गरेका छन् । ‘बहुविवाह गरेर भाग्ने, जेठीलाई अलपत्र पार्ने पुरुषविरुद्द कसैले उजुरी गर्दैनन,ु अगुवा महिला हजुरा बमले ुभनिन ुयहाँका मानिसमा चेतनाको कमी छ ।’

कान्तिपुर दैनिक


  •  
  •  
  •