‘आइतबार गाँठो फुकेर राजनीतिले नयाँ मोड लिन्छ’

162
  •  
  •  
  •  

काठमाडौं १६ फागुन ।
मधेसी मोर्चाका संयोजक तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आइतबार राजनीतिक अन्यौलको गाँठो फुक्ने बताएका छन् । उनले आइतबारबाटै राजनीतिले नयाँ मोड लिने पनि दाबी गरेका छन् ।

वार्ता र सहमतिको ढोका खुल्नै लागेको बताउँदै उनले आफूहरु पनि सहमतिकै आधारमा संविधान आउनुपर्ने पक्षमा रहेको बताए । पक्षी मोर्चाले शनिबार शक्ति प्रदर्शनकै लागि आन्दोलन गर्ने बताउँदै गच्छदारले त्यसपछि संविधान निर्माणमा सहमतिको प्रयास थालिने उल्लेख गरे ।

‘शान्ति र संविधानका लागि वार्ता गरेर अघि बढ्नुको अर्को विकल्प छैन्’, उनले भने, ‘शक्ति प्रदर्शनकै लागि शनिबार गरिने आन्दोलन शान्तिपूर्ण हुनेछ ।’

काठमाडौंमा लाठी प्रदर्शन गर्ने कुनै तयारी नभएको बताउँदै उनले सत्तापक्षले एकोहोरो रुपमा पेलेकाले आन्दोलन र जनप्रदर्शनमार्फत शक्ति देखाउनु परेको दाबी गरे ।

संघीयता, धर्म निरपेक्षता, राज्यको पुनःर्सरचना र गणतन्त्रात्मक मुलुक आफूहरुको बटलमलाइन भएको गच्छदारको भनाइ थियो । ‘एमाओवादीले पनि एकल जातीय राज्यको अडान छाडिसकेको छ’, उनले भने, ‘अब बहुपहिचानयुक्त संघीय राज्यमै सहमति बन्छ ।’

सहमति र वार्ताको लागि विपक्षी मोर्चा तयार रहेको बताउँदै उनले आफूहरु पनि लचक भएर प्रस्तुत हुने बताए । राज्यको संख्यामा लगभग सहमति जुटेकोले अब धेरै गलफत्ती गर्न नहुने उनको भनाइ थियो । अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •