राजनीतिक सभा दाउपेचको थलो बनाउन खोजिदै

90
  •  
  •  
  •  

काठमाडौं ३१ भदौ (ओएनएस) :  सर्वपक्षीय राजनीतिक सभा आज बिहान साडे ८ बजे नयाँ बानेश्वरमा रहेका संविधानसभा भवनमा तय गरिएको थियो । त्यस अनुसार दलहरुले आन्तरक तयारी पनि गरेका छन् । तर राजनीतिक सभामा छलफल गर्ने एजेण्डामा सहमति नहुँदा सम्मेलन हुने नहुनेमै अन्यौल देखिएको छ । सोमबार अवेरसम्म प्रधानमन्त्री निवास वालुवाटारमा बसेको वैठक निस्कर्ष विहीन बन्यो । संविधानसभा भित्र र बाहिर रहेका ६३ वटा राजनितिक दल सभामा सहभमागि हुने भनिएपनि माआोवादीले सूची ठूलो बुझाएको छ । सभा सुरु हुनुअगाडी नै दलहरुबीच देखिएको विवादल सहमतिको संविधान आउने आशा जगाएको अनुसार निकाल्न त्यति सजिलो भने छैन ।

दलहरुको सहमति अनुसार राजनीतिक सभाको निणर्य प्रतिवेदनका रुपमा संविधानसभमा प्रवेश गर्नेछ र त्यस आधारमा संविधान निर्माणलाई अघि बढाइनेछ । प्रधानमन्त्रीले सम्मेलनको निर्णय संविधान सभामा प्रस्तुत गर्ने सहमति भईसकेको छ । तर, राजनीतिसभाको हैसियत संविधानसभाका सन्दर्भमा के हुने वा यसले गर्ने निर्णयलाई कसरी लिने अझै पनि अन्यौल छ ।

नेकपा–माओवादीसहितका संविधानसभा बाहिर रहेका ३३ दलले संविधानका सबै आधारभूत विषय राजनीतिक सभाबाट टुंग्याउने र यसको निर्णयलाई नै अन्तिम मान्ने पक्षमा छन् । तर, कांग्रेस एमालेले सभाबाट आएका कुरा सुझावका रुपमा लिने र नेकपा माओवादीलाई प्राविधक रुपमा संविधानसभा भित्र छिराउने बाटोको खोजीमा छन् ।

एकीकृत माओवादी भने वैद्य माओवादीको साथ खोजेर सभाबाटै आफ्नो एजेण्डामा पल्लाभारी गराउने चाहाना राखिरहेको छ । सर्वपक्षीय राजनीतिक सम्मेलनलाई सहमतिको विन्दु बनाउन खोजेपनि यसलाई सबैले आफु अनुकुलको एजेण्डा तय गर्ने दाउपेचका रुपमा लिएका छन् । यो नै यसको जटिल पक्ष बन्ने देखिएको छ ।

राजनीतिक सम्मेलन नेकपा माओवादीलगायतका संविधानसभा बाहिरको समूहको तुष्टीकरण अथवा आत्मसम्मानका लागि मात्र हो भने त्यसले सहमतिको प्रक्रियाका लागि मार्ग खोल्ने छ । तर त्यसलाई संविधानसभाको समानान्तर स्थापित गर्न खोजियो भने त्यहीबाट गलत अध्यास सुरु हुने विश्लेषण पनि भइरहेको छ । राजनीतिकसभा बहिष्कार गर्ने कमल थापा नेतृत्वको राप्रपा नेपालको पछिल्लो निणर्यलाई पनि यसको चुनौतीका रुपमा लिन सकिन्छ ।


  •  
  •  
  •