२६ दलले पाए पुरानै चुनाव चिन्ह (सूचीसहित)

1020
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (ओएनएस) : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले दलको चुनाव चिन्ह प्रदान गरेको छ ।

आयोगले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलको हैसियतमा चुनाव चिन्ह प्रदान गरेको जनाएको छ ।  तीमध्ये २६ दलले पुरानै चुनाव चिन्ह पाएका छन् ।

कांग्रेसको रुख पहिलो, एमालेको सूर्य दोस्रो, माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो र राप्रपाको गाई चौथो नम्बरमा परेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने ३० मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकीकृत भई राष्ट्रिय प्रजातन्त्र पार्टी भएको छ ।
त्यसैगरी, मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकृत भएर संघीय समाजवादी फोरम नेपाल भएको छ ।समाजवादी जनता पार्टीलाई निर्वाचन आयोगले खारेज गरिदिएको छ।

संसदमा प्रतिनिधित्व गर्ने नेपाः राष्ट्रिय पार्टीले आयोगको सूचनाअनुसारस्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता नगरेका कारण दलको चुनाव चिह्न पाएको छैन ।

1

2

3

 

 

4

 

 

 


  •  
  •  
  •