नेपालकै पुरानो पार्टी प्रजापरिषद एमालेमा गाभियो

414
  •  
  •  
  •  

काठमाडौँ, २३ कात्तिक (ओएनएस) : नेकपा एमाले र नेपाल प्रजापरिषदबीच पार्टी एकीकरणका लागि बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रजापरिषद पार्टीले उठाएका सवालहरु नेकपा एमालेले मात्रै सम्बोधन गर्ने भन्दै पार्टी एकीकरणका लागि सहमति पत्रमा हस्ताक्षर भएको प्रजापरिषदका नेता गोविन्दप्रसाद दुलालले बताए ।

सहिदको सपना पूरा गर्न, राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्र र स्वाभिमानको अनुभूति गराई राष्ट्रको सर्वांगीण विकास गर्नका लागि नेपाल प्रजापरिषदले उठाएका बुँदाहरुमा एमालेले सहमति जनाएको सहमतिपत्रमा उल्लेख छ ।Parja

आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनावमा नेपाल प्रजापरिषदले बामगठबन्धनलाई जिताउन सक्रिय भूमिका खेल्ने र एकीकरणपछि प्रजापरिषदमा नेता तथा कार्यकर्तालाई एमाले पार्टीले सम्मानजनक रुपमा परिचालन हुने स्थान दिने सहमतिको दोस्रो बुँदामा जनाइएको छ ।
सहमति पत्रमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र प्रजापरिषदका तर्फबाट कार्यवाहक सभापति गोविन्दप्रसाद दुलालले हस्ताक्षर गरेका छन् ।


  •  
  •  
  •