६ प्रदेश र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री, कांग्रेस र एमालेको साझा प्रस्ताव

124
  •  
  •  
  •  

काठमाडौं, १५ कात्तिक (ओएनएस) : नेपाली कांग्रेस र नेकपा एमालेले ६ प्रदेश र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको साझा प्रस्ताव तयार पारेका छन् ।

संवैधानिक राजनीतिक तथा संवाद समितिले दलहरुको अडाननसहित संविधानसभामा प्रतिवेदन बुझाउने तयारी गरेपछि कांग्रेस र एमालेले साझा प्रस्ताव बनाएका हुन् ।

कांग्रेस र एमालेका नेताहरुले माओवादी, मधेसवादी र राप्रपा नेपाल बाहेकका दलका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् ।

साझा प्रस्तावमा कांग्रेसले अघि सारेको ६ प्रदेश प्रस्ताव गरिएको छ । जसमा भूगोल तथा नदीनालाका आधारमा नाम प्रस्ताव गरिएको छ ।

साझा प्रस्तावका रुपमा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको प्रस्ताव अघि सारिएको छ । प्रधानमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने र त्यसपछि राख्दा पनि बैकल्पिक उम्मेदवार प्रस्तुत गर्नु पर्ने प्रस्ताव गरिएको छ । कांग्रेस र एमालेले बनाएको प्रस्तावमा १ सय ७५ सदस्यीय प्रतिनिधि सभाको प्रस्ताव गरिएको छ ।


  •  
  •  
  •