‘सानो गल्तीले समेत द्वन्द्वको पुनरावृत्ति गर्न सक्छ’ : भट्टराई

156
  •  
  •  
  •  

काठमाडौ, १८ कात्तिक(ओएनएस) : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधान निर्माण जस्तो महत्वपूर्ण विषयमा हतार गर्न नहुने बताएका छन् ।

साथै सानो गल्तीले समेत द्वन्द्वको पुनरावृत्ति गर्न सक्ने चेतावनी दिएका छन् ।

मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संविधानसभाबाट संविधान बनाउने विषय विगतको द्वन्द्वको व्यवस्थापन गर्ने विषय पनि भएकाले हतारमा गलत निर्णय गरेर मुलुकमा पुन द्वन्द्वको पुनरावृत्ति गर्न नहुने बताए ।

हतार गर्नुभन्दा केही समय लगाएर द्वन्द्वलाई स्थायीरुपले समाधान गने तर्फ कोशिस गर्नुपर्ने उनले जानकारी दिए । साथै उनले संवाद समितिको बैठक निरन्तर जानकारी दिए ।


  •  
  •  
  •