अन्तिम दिन पनि जुटेन सहमती

151
  •  
  •  
  •  

काठमाडौं, १५ कात्तिक (ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति र संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दल सहभागी बैठक बिना निष्कर्ष टुंगिएको छ ।

नयाँ संविधानका विषयवस्तुबारे दलहरूबीच सहमति खोज्न आयोजित बैठकमा सबै दलका नेताहरुले आ–आफ्नो भनाइ राखे पनि सहमति हुन सकेन ।
सहमतिका लागि आइतवार पनि छलफल जारी राख्ने सहमतिसहित बैठक टुंगिएको छ । समितिका सभापति बाबुराम भट्टराईले समग्रमा सकारात्मक संकेतहरू देखिएपनि के हुन्छ भन्न नसकिने बताएका छन्

‘हिजो बेलुकादेखि केही सकारात्मक संकेतहरू देखिएका छन्, तर यसै हुन्छ भन्न सकिने स्थिति छैन’ भट्टराईले भने । सहमति हुन सकेन भने सबै दलले आ–आफ्नो धारणा संवाद समितिमा बुझाउने उनले जानकारी दिए ।

संविधानससभाले अन्तिमपटक भनेर शनिवारसम्मलाई समय उपलब्ध गराएको थियो ।


  •  
  •  
  •