अध्यक्ष ओलीले बैठक राख्न फेरी सकेनन्,

284
  •  
  •  
  •  

काठमाडौं, कात्तिक २२ (ओएनएस) :  नवौँ महाधिवेशनमा अध्यक्षका दाबेदार रहेका एमाले नेता माधव नेपाल पार्टीमा तेस्रो वरियतामा रहने भएका छन् ।

झलनाथ खनाल वरिष्ठ नेताका हैसियतले दोस्रो नम्बरमा रहने भएका छन् ।  शनिबार बसेको पदाधिकारीहरूको बैठकमा अध्यक्ष केपी ओलीले खनाल दोस्रो र नेपाल तेस्रो वरियतामा रहने कुरा औपचारिक रूपमै जानकारी दिएका हुन् ।

अन्य एजेन्डामा भने प्रवेशै नगरी आजको बैठक स्थगित गरिएको थियो ।

बैठकमा नेपाल पक्षका पदाधिकारीहरूले राष्ट्रिय राजनीतिमा एमालेको भूमिका गौण बन्दै गएको र पार्टी सञ्चालनमा पनि नेतृत्वले गम्भीरता नदेखाएको भन्दै आलोचना गरेका थिए ।

बैठकमा अध्यक्ष ओलीले संविधान निर्माणमा लाग्नुपर्ने र सार्क सम्मेलन पनि नजिकै आएको कारण जनाउँदै एक महिनाका लागि केन्द्रीय कमिटी बैठक स्थगित भएको घोषणा गरेका थिए । अर्को बैठक मंसिर २२ बिहान ११ बजे बस्नेछ ।

नेपाल पक्षधर पदाधिकारीहरुले संविधान बनाउने नाममा हतार गरेर कांग्रेससँग लत्रिएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका थिए ।

संविधान बन्ने ठेगान छैन तर आफ्ना सबै अडान छाडेर अरुका एजेन्डा बोक्नु नेतृत्वको गैरजिम्मेवारीपन रहेको आलोचकहरूको भनाइ थियो । एमालेनिकट सचिव योगेश भट्टराईका अनुसार, एमालेको आफ्नै सात प्रदेशको खाका र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको मोडल हुँदाहुँदै हतार गरेर कांग्रेससँग मिल्न गएको भन्दै नेतृत्वको आलोचना भएको थियो ।

महाधिवेशनलगत्तै गठन गर्नुपर्ने पोलिट्ब्यूरो र स्थायी समिति अहिलेसम्म नगर्नु पनि नेतृत्वको कमजोरी रहेको नेपाल पक्षीय नेताहरूको भनाइ थियो ।

केपी पक्षकै तयारी नपुगेकाले बैठक बस्न नसकेको उनीहरूको आरोप छ । ‘संसदीय दलको नेतृत्वमा पुगेपछि ओलीले सचेतक नियुक्ति लगायत विषयमा जसरी ढिलाइ गरेका थिए, त्यस्तै प्रकारको सुस्तता पार्टी सञ्चालनमा देखियो,’ एमालेका अर्का एक पदाधिकारी भन्छन् ।

फेरि भिड्ने तयारी

फेरी भिड्ने तयारी !


  •  
  •  
  •