संविधानसभा भित्रै दलहरुबीच धुव्रीकरण

135
  •  
  •  
  •  

काठमाडौं, ३ मंसिर (ओएनएस) : सम्वाद र सहमति रोकेर दलहरु आन्तरिक रणनीतिमा लाग्दा संविधान निर्माण प्रक्रिया नै अन्यौलमा परेको छ ।प्रमुख दलहरु आफु अनुकुलको सहमति खोज्दा संविधानसभा भित्रै धुव्रीकरण सुरु भएको छ ।

कांग्रेस एमाले ४३ सभासदको हस्ताक्षर सम्वाद समितिका सभापतिलाई बुझाएपछि त्यस विरुद्ध सम्वाद समितिमा रहेका २० दलले आज औपचारी विज्ञप्ती निकाले प्रतिवाद गरेका छन् । दलहरुको विवाद गहिरिदै जाँदा निर्धारित समयमा संविधान निर्माण नै अनिश्चित बनेको छ ।

संविधान निर्माणका क्रममा देखिएको विवाद समाधान गर्न राष्ट्रपति रामबरण यादब र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेन्बाङबीच छलफल भएको छ ।  साँझ राष्ट्रपतिलाई भेट्न सभामुख नेम्बाङ शीतल निवास पुगेका थिए ।

भेटमा पछिल्लो राजनीतिक अवस्थाका साथै दलहरुबीच देखिएको असमझदारीबारे राष्ट्रपति र सभामुखले छलफल गरेको शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपतिले संविधानसुभाको बैठक बोलाउने विषयमा चासो राख्नुभएको थियो । दलहरुलाई मिलाउन आन्तरिक प्रयन्त गर्न सभामुखले राष्ट्रपतिलाई आग्रह गरेका छन् ।


  •  
  •  
  •