अनुशासनको कारवाहीमा परेकाहरुको राष्ट्रिय भेला

442
  •  
  •  
  •  

काठमाडौं,१९ कात्तिक (ओएनएस):।नेपाली काँग्रेसपार्टीका अनुशासनको कारवाहीमा परेकाहरुले पार्टीलाई सशक्त, प्रभावकारी एवम् आफूहरुमाथिको कारबाही फिर्ता गराउनका लागि बृहत्त राष्ट्रिय भेला आयोजन गर्ने भएका छन् । पार्टी नेतृत्वलाइ दवाव दिन भेला आयोजना गर्न लागेको बताइएको छ ।

संविधानसभको निर्वाचनमा आधिकारिक उमेद्धवारको विरुद्धमा लागेको भन्दै काँग्रेस अनुशासन समितिले विदेश विभाग प्रमुख सजुता कोइराला, विदुर पौडेल, सुशिलमान शेरचन, झलनाथ वाग्ले, पुरुषोत्तम बस्नेत, शिवराज जोशी लगायत १ सय ८३ पूर्वमन्त्री र पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गरेको थियो ।

कारवाहीमा पर्ने नेताहरुले आगामी कार्तिक २२ गते बृहत्त राष्ट्रिय भेला  गर्न लागेका हुन् ।

पार्टीभित्र विकृति, विसंगती र गुट उपगुट मौलाएको भन्दै पार्टीलाई सुदृढ पार्ने, गतिशिलता भर्ने उद्देश्यले ‘अब काँग्रेस कता ?’ भन्ने मूल नाराकासाथ आफूहरुले उक्त बृहत्त राष्ट्रिय भेलाको आयोजना गरेको नेता सुशिलमान शेरचनले बताएका छन् ।
कारबाहीमा परेकाहरुलाई विना शर्त कारवाही फिर्ता गर्न दवाव दिने उद्देश्यष् रहेको बताइएको छ । उनीहरुले पार्टीसभापति एवम् प्रधानमन्त्री सुशिल कोइरालालाई समेत भेटेर कारबाही फिर्ता लिन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले कारबाही फिर्तावारे कुनै चासो नदेखाएपछि उनीहरुले आगामी शनिबार विहान ११ बजे उक्त भेलाको आयोजना गरेका हुन् ।
राष्ट्रिय भेला काठमाडौको नक्शालमा रहेको सिटी पार्टी भेन्यूमा हुने पनि शेरचनले जानकारी दिएका छन् ।


  •  
  •  
  •