बाबुरामको तनावमा आउँदा सम्वाद समितिको बैठक स्थगित

419
  •  
  •  
  •  

काठमाडौ, १८ कात्तिक(ओएनएस) :  दलहरुबीच विवाद बढ्दै जाँदा संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको छलफल रोचक बन्न थालेको छ ।

मंगलबार समितिको बैठकमा यस्तै रोचक घटना भयो । छलफल चलिरहेकै बेला कांग्रेस एमालेको साझा प्रस्ताव संविधानसभामा पठाउने र प्रक्रिया सुरुगर्ने आवाज उठ्न थालेपछि सभापति बाबुराम भट्टराई तनावसहित बैठकबाट उठेर हिडे । उनलाई हिड्न कांग्रेस एमालेका नेताहरुले नै सहयोग गरे ।

छलफल चलिरहेकै बेला तत्काल अर्को बैठक नतोकि भट्टराई उठेर हिडेपछि कांग्रेस एमाले नेता रनभूल्लमा परेका थिए । बैठकमा सहभागि एक नेताका अनुसार मंगलबारको बैठकमा कांग्रेस एमालेका नेताहरुले नै सहमतिमा जोड दिएका थिए ।

‘कांग्रेस एमालेका केही नेताले नै सहमति गर्नुपर्छ भन्ने भट्टराईको भनाईमा साथ दिए’ एक नेताले भने, ‘भट्टराई तनावमा आएजस्तो गरि वैठकबाट उठेर हिडेपछि एकछिन होहल्ला नै भएको थियो । ’ कांग्रेस नेता अमेशरकुमार सिंहले कांग्रेस एमालेको प्रस्ताव नै गलत भएको बताएपछि त्यसको विपक्षमा रहेका एमाओवादी मधेसवादी दललाई फाइदा पुगेको थियो । कांग्रेस नेताहरुले बैठक स्थगनपछि आफ्नै नेता सिंह विरुद्ध चर्को आलोचना गरेका थिए । कांग्रेस नेता सिंह आफुलाई निर्णय प्रक्रियामा सहभागि नगराईको भन्दै आपत्ति जनाइरहेका छन् ।

बैठकपछि समिति सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणको कुरामा हतारमा गलत निर्णय गरेर द्वन्द्वको पुनरावृत्ति गर्न नहुने बताए । अब शीर्ष नेताहरुस“ग र संविधानसभाका अध्यक्षज्यूस“ग पनि परामर्श हुन्छ भट्टराईले भने छलफलपछि यसलाई कसरी टुंग्याउने भन्ने विषयमा निर्णयमा पुग्छौ ।

सम्वाद समितिको बैठक आज नतोकिएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भोलि छलफल बोलाउन आग्रह गरेका छन् । पहिला सम्वाद समितिको र त्यसपछि शीर्ष तहको छुट्टै छलफल गर्ने तयारी छ ।  यसले  कांग्रेस  एमालेको साझा प्रस्ताव समेत अलपत्रमा परेको छ ।


  •  
  •  
  •