भट्टराईले शीर्ष नेताहरुसँग छलफल गर्ने

143
  •  
  •  
  •  

काठमाडौ ,१९ कात्तिक(ओएनएस) : संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले प्रमुख दलका शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाएका छन् ।

बुधवार ४ बजे बस्ने बैठकमा सम्वाद समितिमा कांग्रेस र एमालेले साझा प्रस्ताव पेश गरेपछि उत्पन्न परिस्थितिबारे छलफल हुनेछ ।

त्यसअघि सभापति भट्टराईले संविधानविद्हरुसँग पनि छलफल गर्ने बताइएको छ । यसरी भट्टराइले फेरि सहमतिको प्रयास थालेका संकेत देखिएको छ ।कांग्रेस, एमालेसहितका चार दल र दुई स्वतन्त्र सभासदले सात प्रदेश र संसदबाट निर्वाचित प्रधानमन्त्रीसहितको प्रस्ताव पेश गरेकोमा एमाओवादीसहितका दलहरुले प्रस्तावमाथि छलफल हुन नसक्ने बताएका छन् ।

दलहरुको आ आफ्नै अडानका कारण सम्वाद समितिको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ ।


  •  
  •  
  •