करेसाबारी निर्माण अभियानमा अभियान्ता भएर हिड्छुः प्रम कोइराला

192
  •  
  •  
  •  

काठमाडौं, २३ कात्तिक :प्रधानमन्त्री सुशील कोइरालाले करेसा वारी निर्माण अभियान तथा प्रचार प्रसारमा आफु अभियान्ता भएर हिड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हरियो तरकारी तथा फुलफुलमा सबै आत्मनिर्भर हुन पर्ने भन्दै सो अभियानमा आफै अभियान्ता भएर हिड्ने बताएका हुन् ।

आइतबार नेपाली कांग्रेस गुल्मीका क्षेत्रिय सभापति तथा करेसावारी निर्माण अभियान्ता दामोदर भुषालको परिकल्पनामा करेसावारी एल्वम विमोचनको क्रममा यस्तो बताए । उनले हरियो तरकारी तथा फुलफुलमा आत्म निर्भर बनाउन यो अभियानले सहयोग पु¥याउने जानकारी दिए । साथै गाँउगाँउमा आफ्ना लागि आफै खेती गर्नु पर्ने अबधारणा स्वरुप अभियानको चालिएको भन्दै खुसी व्यक्त गरे ।

करिब आधा दशक देखि तरकारी र फुलफुमा आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप करेसाबारी निमार्ण अभियान चलाएका भुषालको अभियानमा सरिक हुनको लागि समेत प्रधानमन्त्री कोइरालाले अन्य युवालाई आग्रह गरे ।

कोइरालाले किसानलाई उत्प्रेरित गर्न भन्दै कांग्रेसी कार्यकर्ताबाट यस किसिमका करेसाबारी एल्वम निकालीएको खुसी व्यक्त समेत गरे  । किसानहरूलाई मनोरञ्जनात्मक तवरबाट पनि उत्प्रेरित गर्ने उद्देश्य अनुसार निकालिएको गिती एल्वममा गरी जैकि खेती, बनका स्याउ, खुसी भै, राखौँ सबले, विदेशमा नामक गितहरू समेटिएका छन् ।

गिती एल्वममा गरी जैकि खेती, बनका स्याउ, खुसी भै, राखौँ सबले, विदेशमा नामक गितहरू समेटिएका छन् ।

 

 


  •  
  •  
  •