लावतीका बाबुछोरा पार्टीबाट निष्काशित

331
  •  
  •  
  •  

  काठमाडौं ९ मंसिर (ओएनएस) : राप्रपा नेपालले असन्तुष्ट नेता पद्यसुन्दर लावती र उनका उनका छोरा सगुनसुन्दर लावतीलाई पार्टीबाट निष्काशित गरेको छ ।

राप्रपा नेपाल  केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले बाबुछोरालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो । पार्टी र पार्टी नेतृत्वको भ्रम फैलाएको, पार्टीको नामबाट समानान्तर भेला गरेर झण्डाको दुरुपयोग गरेको भन्दै उनीहरुलाई निष्काशन गरिएको राप्रपा नेपालको विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीबाट निष्काशित गरिसकेकाहरुसँग मिली गरी महाधिवेशनको मार्गविपरित जाने र पार्टीले सोधको स्पष्टिकरणको जवाफ नदिई अर्को पार्टी खोल्ने अभिव्यक्ति दिएकोले निष्काशन गरेका हौं विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •  

Comments are closed.