राजनीतिक आग्रह पूर्वाग्रहले न्यायपालिका कमजोर : सुशीला कार्की

114
  •  
  •  
  •  

sushila-karkiकाठमाडौँ, २६ बैशाख(ओएनएस) : कायममुकायम सुशीला कार्कीले न्यायालय राजनीतिक पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताएकी छन् ।

कानुन दिवसका अवसरमा आईतबार सर्वोच्च अदालत परिसमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दे कामु प्रधानन्यायधीश कार्कीले राजनीतिक आग्रह पूर्वाग्रहले न्यायापालिकालाई कमजोर पार्ने बताएका छन् । उनले कमजोर न्यायपालिकाबाट नागरिक अधिकार र लोकतन्त्रको रक्षा हुन नसक्ने भएकाले न्यायपालिकालाई स्वतन्त्र अवधारणा अनुसार चल्न दिनुपर्ने उल्लेख गरे ।

उनले सर्वोच्च अदालतले संविधानको कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने दायित्व पुरा गर्दै समग्र जनताप्रति उच्च समर्पणका साथ न्याय दिन प्रतिवद्ध रहेको बताइन् । न्याय सम्पादन छिटो र प्रभावकारी बनाउनका लागि विभिन्न सुधारको रणनीतिक योजना सुरू भईसकेको उनको भनाई थियो । योजना अनुरूप न्याय सम्पादनको क्षेत्रमा जिम्मेवार हुँदै प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।

चियापान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति ,मन्त्रीहरु, संबैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका अधिकारी, कानुनविद् नागरिक समाज लगायतको उपस्थिति थियो ।


  •  
  •  
  •