दुई चुरे भावरबीच एकता हुने

155
  •  
  •  
  •  

काठमाडौं, २५ असार (ओएनएस) बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी र केशवप्रसाद मैनालीको चुरे भावर राष्ट्रिय पार्टीबीच एकीकरण हुने भएको छ । पहिलो संविधानसभामा समानुपातिकतर्फ एक सिट जितेको चुरे भावर पहिलो संधिवानसभा रहँदै विभाजित बनेको थियो ।

मुलुकमा गणतन्त्र स्थापना भएपछि भएको मधेस आन्दोलनको विरुद्ध चुरे भावरले महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।

बद्री न्यौपानेको अध्यक्षतामा केशव मैनाली नेतृत्वको पार्टी विलय हुने भएको हो । बिहीवार औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए ।


  •  
  •  
  •