एमाओवादी र मधेसी दलबीच सहमति

99
  •  
  •  
  •  

काठमाडौं, १० असोज (ओएनएस) : एमाओवादी र मधेसी दलहरुबीच उच्चस्तरिय समितिमा प्रतिनिधित्व गराउने नाममा विषयमा सहमति भएको छ । प्रमुख दलहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएपछि एमाओवादी र मधेसी दलबीच भएको बैठकले संयन्त्रमा मधेशी दलका तर्फबाट ५ जना पालै पालो जाने सहमति भएको छ ।

प्रमुख दलहरुबीच काँग्रेस, एमाले, एकीकृत माओवादी र मधेसी दलहरुका तर्फबाट तीन तीन जना समितिमा सहभागि हुने सहमति भएको थियो । बैठकमा मधेसवादी दलहरुको तर्फबाट उच्चस्तरीय समितिमा प्रतिनिधित्व गर्ने मोडालिटिबारे पनि छलफल भएको थियो ।

बैठकमा पक्राउ परेका सिके राउतलाई छुटाउन पहल गर्ने निर्णय भएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदारले बताए । बैठक पछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राउतलाई पक्रेर बहसलाई नै बन्देज गर्ने काम सरकारले गर्न नहुने बताए ।


  •  
  •  
  •