कार्यदलले राजनीतिक सभाको नाम र मिति तय गर्ने

48
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ (ओएनएस) : राजनीतिक सभाका लागि मिति टुङ्गाउने विषयमा कार्यदलको बैठक बस्ने भएको छ । सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने बैठकमा राजनीतिक सभाका लागि नाम र मिति टुङ्ग्याउने गरी छलफल हुन लागेको कार्यदलमा सहभागी एमाले नेता भिम रावलले जानकारी दिए ।

कार्यदलमा सहभागी कांग्रेस, एमाले र एकीकृत माओवदी र नेकपा माओवादीका दुई दुई सदस्य गरी आठ सदस्य सहभागी हुने भएका छन् । यस अघि हिजो पनि कार्यदलको बैठक बसी छिट्टै राजनीतिक सभामा सहभागी हुन नेकपा माओवादीलाई कांग्रेस एमालेले आग्रह गरेको छ । कार्यदललाई २५ गते भित्र सर्वपक्षिय राजनीतिक सभाको मोडालिटि तयार गर्ने जिम्मा दिइएको छ ।


  •  
  •  
  •