सघियतामा सत्तासिन दल बिचमा नै समान धारणा बन्न सकेन

181
  •  
  •  
  •  

काठमाडौं १२ कात्तिक (ओएनएस) : संविधानका विवादित विषयमा साझा धारणा बनाउन असफल भएका छन् ।
संघियता र शासकीय स्वरुपमा साझा धारणा बनाउन बुधवार साँझ बसेको दुई दलको बैठकमा संघहरुको संख्या र शासकीय स्वरुपमा कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् ।

यसअघि दुई दल विवादतमा एकमत रहेको बाहिर आएको थियो । त्रिपक्षीय छलफल स्थगन गरेर सहमति खोज्न उनीहरु दुईपक्षीय छलफलमा लागेका हुन् ।

संघियतामा सहमति नजिक भएपनि शासकीय स्वरुपमा कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् । धेरै प्रदेश मुलुकले धान्न नसक्ने भन्दै थोरै प्रदेश बनाउनेमा सहमति जनाएको छन् तर एमालेले ६ भन्दा माथि जना नसकिने बताएको छ भने कांग्रेस ७ मा जान सकिनेमा छ ।

बैठकपछि ओएनएसँग कुरा गर्दै सन्चारमन्त्री तथा कांग्रेस नेता मिनेन्द्र रिजालले कांग्रेस एमालेमा पनि केही विषयमा अझै समान धारणा बन्न बाँकी रहेको बताए ।
उनले बिहीबार एमाओवादीसँग साझा धारणा बनाउन छलफल गरेको तर केही कुरामा फरक मत रहेकाले समान धारणा बन्न नसकेको बताए ।

संविधानका मुख्य विवादित विषय संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रण्नलीका विषयमा सहमति जुटाउन प्रमुख तीन दलबीच अन्तिम छलफलको तयारी भइरहेकै बेला दुईदलले छलफल गरेका हुन् ।

एमालेले सुधारसहितको संसदीय प्रणालीमा जान एमाले तयार भएपछि शासकीइ स्वरुपमा पनि दुईदल नजिक छन् । एमालेको औपचारिक धारणा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली हो । १५ भित्र सहमति नभएमा बहुमतीय जानुपिर्नेमा एकत भएका छन् ।  संविधानका अन्र्तबस्तुमा सहमति जुटाउन संविधानसभाले संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिलाई अन्तिम पटक भन्दै तेस्रोपटक कात्तिक १५ सम्मको समय दिइएको छ ।


  •  
  •  
  •