नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल

119
  •  
  •  
  •  

काठमाडौँ, २८ बैशाख(ओएनएस) : सरकारको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदको बैठकमा आजदेखि छलफल हुँदैछ ।

सोमबार संशोधन दर्ताको समय तोकिएको र आज र भोलि दुई दिन नीति तथा कार्यक्रममाथि छलफलका लागि समय छुट्टयाइएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिएका छन् ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले बोल्ने क्रम सकिएपछि सांसदहरूले उठाएका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३० गते जवाफ दिने कार्यक्रम राखिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।

मधेसी मोर्चामा आवद्ध दलका सांसदहरुले भने आज पनि आफ्नो भनाइ राखेपछि बैठकबाट बाहिरिने बताएका छन् ।


  •  
  •  
  •