साइकल चलाएपछि ११ वर्षीया बालिकालाई जलाए प्रहरीले

1312
  •  
  •  
  •  

child-on-fire-demoकाठमाडौ, १६ माघ(एजेन्सी) : भारतको इन्दौरमा एक प्रहरीले आफ्नो साइकल चलाएको भन्दै ११ वर्षीया एक बालिकालाई पिट्नुका साथै जलाएका छन् ।

प्रहरीको नजिकै बस्ने ११ वर्षकी बालिका यास्मिनले उनको साइकल चलाइरहेकी थिइन् । यो देखेर ती प्रहरी निकै आक्रोशित भए र ती बालिकालाई निकै पिटे र आफ्नो घर लिएर गएर उनलाई जेलमा हाल्ने सम्मको धम्की दिए ।

बालिकालाई घरमा लगेको केहीबेरपछि उनी घरबाट निस्के । उनी निस्केको केही समयपछि ती बालिका केहीबेरपछि आगो लागेको अवस्थामा बाहिर निस्किइन् । आगो लागेको अवस्थामा यास्मिनलाई देखेपछि गाउँलेहरूले आगो निभाउनका लागि कसैले पानी फ्याक्ने त कसैले कम्बलले ढाकेर आगो निभाउने प्रयास गरे । आगो निभेपछि गाउँलेले नै उनलाई अस्पताल पुर्याए र उनको उपचार जारी रहेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

यास्मीनका आमा रेहानाले आरोपी प्रहरी प्रकाश जारोलियामाथी बालिकालाई जलाएको आरोप लगाएकी छिन् । उनले आफू घरमा नभएको अवस्थामा उक्त घटना भएको बताएकी छिन् । उनलाई छिमेकीहरूले उक्त घटनाबारे जानकारी दिएका थिए । उनले आफ्नी छोरी आफै जल्न सक्दिनन्, उनलाई पहिले प्रकाशले पिटेका थिए र पछि उनलाई जलाएको आरोप लगाएकी छिन् । यास्मीनका दुई बहिनी र एक भाई छन् भने उनका पिताको मृत्यु भइसकेको छ । बालिकाको अवस्था खराब रहेको र प्रहरीले उनको बयान समेत लिन पाएको छैन् ।


  •  
  •  
  •