सशस्त्र प्रहरी महिला संघले मनायो तेह्रौं वार्षिकोत्सव

182
  •  
  •  
  •  

कठमाडौं १७ असार (ओएनएस): सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो तेह्रौं वार्षिकोत्सव मनाएको छ । नेपाल एपीएफ क्लब हल्चोक स्वयम्भुमा आयोजितसमारोहको महिला बालबालिका तथा समाज कल्याण मन्त्री नीलम के.सी. (खड्का) ल उद्घाटन गरिन । मन्त्री के.सी.ले त्यसअवसरमा संघको विविध सामाजिक क्रियाकलाप तथा समाजसेवाको क्षेत्रमा सहयोग पु¥याउने विभिन्न संघसंस्थामा आबद्ध सशस्त्र प्रहरी बलका विभिन्न इकाईमा रहेर वर्षभरीमा उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रसंशापत्र प्रदान गरिन ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सोही समारोहमा २०६९ सालको प्रवेशिका परीक्षा उत्तीर्ण भएका शारीरिक रुपमा अशक्त तीन जना छात्राहरुलाई नुडुप श्रेष्ठ छात्रवृत्ती कोषबाट छात्रवृत्ती स्वरुप प्रदान गरिएको नगद दश हजार रुपैयाँ राशीको छात्रवृत्ती तथा प्रमाणपत्र प्रदान गरे । मन्त्री के.सी.ले लैंगिक शसक्तीकरणको लागि सशस्त्र प्रहरी परिवार महिला संघको यस्ता कार्यबाट टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै संघको कार्यमा सहयोग पु¥याउन आफ्नो मन्त्रालय सधै तत्पर रहेको बताइन ।

 


  •  
  •  
  •