काठमाडौं १५ भदौ (ओएनएस) : शसस्त्र प्रहरी बलमानयाँ भर्ना खुलेको छ । ४० जना प्रहरी निरीक्षक(इनिस्पेक्टर) सहित विभिन्न पदमा १ सय २३ जनाको भर्ना आब्हान गरेको छ । आइतबार नयाँ भर्ना सम्बन्धी सूचना जारी गरी सशस्त्रले १२३ जनाको भर्ना आब्हान गरेको हो ।
प्रशासन तर्फ प्रहरी निरीक्षकमा ४० र मेडिकल अधिकृत तर्फ १० जना प्रहरी निरीक्षकमा नयाँ भर्ना खोलिएको छ । त्यस्तै प्रहरी सहायक निरीक्षकमा ५० जना, हेल्थ असिष्टेन्ट तर्फ प्रहरी नायव निरीक्षकमा २ जना, प्रहरी नायव निरीक्षक स्टाफ नर्सतर्फ ४ जना गरी विभिन्न प्राविधिक पदमा सशस्त्रले भर्ना आब्हान गरेको हो ।
दरखास्त फारम बुझाउने अन्तिम मिति असोज १४ गतेसम्मका लागि समय तोकिएको छ ।