काठमाडौं, ३० भदौ (ओएनएस) : प्रहरी प्रधान कार्यालयले ३७ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको सरुवा तथा हेरफेर गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाको प्रमुखमा उत्तम कार्की यथावत रहेका छन् भने अपराध महाशाखामा पुष्कर कार्कीलाईनै कायम गरिएको छ । रमेश खरेल र बिजयलाल कायस्थलाई हेडक्वार्टरले तानेपछि कार्कीद्धय हनुमानढोकामा गएका थिए ।
खरेललाई मध्यक्षेत्रीय प्रहरी तालिमकेन्द्र भरतपूर सरुवा गरिएको छ । रमेश खरेलकै ब्याजी अर्का एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । यसअघि उनकै स्थानमा रहेका प्रवक्ता गणेश केसी भने अन्चल प्रहरी कार्यालय लुम्बिनी सरुवा छन् । कायस्थलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कायम गरिएको छ । यादवराज खनाललाई अख्तियारमा सरुवा गरिएको छ ।