काठमाडौं, ६ भदौ (ओएनएस) : प्रधान कार्यालयले १ सय १२ जना प्रहरी नायव उपरीक्षक (डीएसपीहरूको सरुवा गरेको छ । बिहीवार ठूलो संख्यामा प्रहरी अधिकृतको सरुवा गरिएको हो ।
हेडक्वाटर, जिल्ला, उपत्यका, ट्राफिक र इलाकाका लागि उनीहरुको सरुवा भएको प्रहरीले जनाएको छ ।
नयाँ सुरुवाअनुसार उपत्यकाको कालिमाटीमा राजेन्द्र धमला, बालाजुमा अर्जुन रानाभाट, कीर्तिपुरमा दीपक न्यौपाने, जनसेवा विशालबजारमा वेद विष्ट, थानकोटमा प्रवीण धिताल र सातदोबाटोमा तोरणकुमार कार्की सरुवा भएका छन् । यस्तै कमलपोखरीमा विनोद सिलवाल, गौशालामा राकेश सिंह र सिंहदरबार वृत्तमा सन्तोष खड्काको सरुवा भएको छ । प्रहरी स्रोतका अनुसार तारादेवी थापा, सन्तोषकुमार भट्टराई र कुवेर कडायत महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएका छन् ।
त्यस्तै डीएसपी मोहनप्रसाद पोखरेल महानगरीय ट्राफिक प्रहरी महाशाखा र बसन्त रजौरे महानगरीय प्रहरी परिसर हनुमानढोका सरुवा भएका छन् ।
डीएसपी राजेशनाथ बास्तोला अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा सरुवा भएका छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा डीएसपी तुलबहादुर कार्की, हेटौंडामा कृष्णजी अधिकारी, धनकुटामा गोविन्द अधिकारी, सुर्खेतमा हेरम्ब शर्मा र दिपायलमा जनकराज पाण्डेयको सरुवा भएको छ ।
विभिन्न जिल्लामा प्रधान कार्यालयले नयाँ डीएसपी पठाएको छ । यसरी सरुवा हुनेमा हिमालयकुमार श्रेष्ठ गुल्मी, सूर्यबहादर केसी डोल्पा, कृष्णबहादुर कुँवर हुम्ला, बिदुरकुमार गौतम तेह्रथुम, अजय केसी दोलखा र दीपककुमार शाह रामेछाप छन् ।
जिल्ला सरुवा हुने अन्य डीएसपीहरुमा नैनसिंह कार्की दार्चुला, दीपककुमार बस्नेत बर्दिया, कृष्ण प्रसाई धनुषा, योगेन्द्रसिंह थापा डडेलधुरा, कृष्णकुमार क्षेत्री कैलाली, रमेशकुमार पोखरेल रुपन्देही र दिनेशराज मैनाली जाजरकोट छन् ।
त्यस्तै मनोजकुमार यादव कपिलबस्तु, अभिनारायण काफ्ले कञ्चनपूर, विनोदराज पोखरेल खोटाङ, गौतमराज कट्टेल रुकुम, धु्रबराज राउत धनकुटा, गोविन्दप्रसाद पाठक मुस्ताङ, विश्वमणि पोखरेल झापा र योगवहादुर पाल सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयमा सरुवा भएका छन् ।
जिल्ला सरुवा हुने अन्य डीएसपीमा बलराम राई जुम्ला, सुदमकुमार सिजापति सर्लाही, श्यामकुमार महतो सिन्धुली, राजीब बस्नेत सुर्खेत, प्रवीण पोखरेल रसुवा, वीरवहादुर ओली पर्सा, श्रीहजुर सिलवाल मुगु, दीपकराज खरेल सिन्धुपाल्चोक र जगन्नाथ गौतम मोरङ छन् ।
त्यस्तै हिरावहादुर पाण्डेय बझाङ, अरुण पौडेल नुवाकोट र केदार रजौरे कास्कीमा सरुवा भएको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा दिलिप घिमिरे सरुवा भएका छन् । इलाकाप्रहरी कार्यालय काँकडभिट्टा झापामा अर्जुनप्रसाद तिम्सिना गएका छन् ।
डीएसपी एकेन्द्रबहादुर खड्का र पुष्कर केसी बागमती, अनुराग कुमार द्धीवेदी नारायणी, विपीनकुमार कर्माचार्य भेरी, राजकुमार लम्साल सेती, केदार खनाल कोशी, कृष्णकुमार केसी लुम्बिनी, केदार ढकाल सगरमाथा र विनयकुमार झा जनकपुर अञ्चल प्रहरी कार्यालयमा सरुवा भएका छन् ।
डीएसपीहरु मेखवहादुर खत्री, दिनेशकुमार आचार्य, भोजदेव खतिवडा र गुरुबिष्णु काफ्ले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागमा सरुवा भएका छन् ।
त्यस्तै डीएसपी गंगा पन्त प्रधान कायालय महिला तथा बालवालिका सेवा केन्द्रमा सरुवा भएकी छन् भने जीवनकुमार श्रेष्ठ भण्डार शाखामा र सानुकाजी लामिछाने केन्द्रीय प्रहरी समाचार कक्षामा सरुवा भएका छन् ।
सरुवा हुने अन्य डीएसपीमा मुकेशकुमार सिंह र यज्ञविनोद पोखरेल सुरक्षा महाशाखा, ऋषिराज कँडेल युएन शाखा, सन्तोषसिंह राठौर, दानवहादुर कार्की, शेखर खनाल र गोपालचन्द्र भट्टराई युएन जगेडामा सरुवा भएका छन् ।
रामेश्वर यादव र तेजेन्द्र पौडेल जगेडा पुलमा, सुर्दशन प्रसाद कोइराला प्रशासन, गणेश रेग्मी कानुन, रामदत्त जोशी अभिलेख तथा जाहेरी शाखामा सरुवा भएका छन् ।
त्यस्तै होविन्द्र बोगटी उजुरी छानबीन शाखा, कृष्णहरी शर्मा पोखरेल लागुऔषध नियन्त्रण व्यूरो, सुदीप गिरी विशेष ब्यूरो र सबिन प्रधान केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएको प्रधान कार्यालयले जनाएको छ ।
डीएसपी अर्जुन चन्द परिचालन कक्ष, भेषराज श्रेष्ठ तालिम महाविद्यालय, र आनन्दप्रसाद मराठ तथा बिष्णु गोविन्द थापा महानगरीय विमानस्थल सुरक्षा गार्डमा सरुवा भएका छन् ।
नरेन्द्रप्रसाद उप्रेती सम्पत्ति शुद्धीकरण अनुन्धान विभाग, चक्रमबहादुर सिंह प्रधान कार्यालय, मधुसुदन लुइँटेल प्रहरी एकेडेमी, टीकाबहादुर केसी सर्बोच्च अदालत सुरक्षा इकाई, रामेश्वर कार्की मुख्य घटना सहायता कार्यदलमा सरुवा भएको प्रधान कार्यालयले जनाएको छ ।
जुजुभाइ तण्डुकार ट्राफिक निर्देशनालय, लक्ष्मीराज अधिकारी विशेष कार्यदल, उमेशराज जोशी प्रहरी प्रधान कार्यालय पाठ्य सामाग्री शाखा, नविन क्षेत्री २ नम्बर गणमा सरुवा भएका छन् ।
त्यस्तै विश्व अधिकारी प्रधान कार्यालय, बिष्णुहरी कोइराला इटहरी ट्राफिक, बद्रीविक्रम थापा विराटनगर गण, राजेन्द्रकुमार थापा क्षेत्री र गोविन्दकुमार शाह हेटौंडामा सरुवा भएका छन् ।
रमेशकुमार खड्का दंगा नियन्त्रण हेटौंडा, कृष्णप्रसाद कोइराला पोखरा, राजेन्द्रसिंह खड्का तालिमकेन्द्र नेपालगन्ज, सुरेशप्रसाद काफ्ले बुटवल तालिमकेन्द्र र प्रजित केसी तालिमकेन्द्र भरतपुरमा सरुवा भएका छन्