ड्राइभरले लापर्वाही गरे ,फोन गर्नुहोस

234
  •  
  •  
  •  

काठमाडौं, १५ कात्तिक (ओएनएस) : नेपाल प्रहरीले सवारी साधनले तिव्र गतीमा वा अन्य लापर्वाही गरेमा खवर गर्न आग्रह गरेको छ ।

विगत केही दिन यता देशका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनाहरुमा भएको जनधनको क्षतीप्रति नेपाल प्रहरीको ध्यानाकर्षण भएको बताएको छ ।

दुर्घटनाका सन्दर्भमा नेपाल प्रहरीबाट सम्वन्धित यात्रुहरुसँग गरिएको सोधपुछ र सर्वेक्षणबाट राजमार्गमा सवारी चेकजाँच गर्ने स्थायी चेकपोष्ट नभएकोले गर्दा दुर्घटना बढेको बुझिएकोले सो रोक्न सहयोग गर्न यात्रुहरुलाई आग्रह गरेको छ ।

केही समस्या भएमा यात्रुहरुले प्रहरीलाई समयमै खवर गर्न टेलिफोन नम्वर समेत उपलब्ध गराएको छ । तीव्र गति र ओभरलोड प्रमुख कारणको रुपमा देखिएको बताएको छ ।

त्यस्तै हिजो मकवानपुरको बसामडी २ बस्तीपुरमा भएको दुर्घटनासमेत तिव्र गतिका कारण भएको बुझिन आएको छ ।

प्रहरीले उपलब्ध गराएको नम्वर
प्रहरी परिचालन कक्ष स् ४४१२७८०,४४११५४९,४४१५५९७,४४१२७४८
टोल प्रिल नम्वर स् १६६००१४१५१६
प्रहरी कन्ट्रोल रुम १००
मोवाइल नम्वर ९८४९०९११३९

 

 


  •  
  •  
  •