प्रहरीद्धारा महिला प्रहरी बलात्कृत

73
  •  
  •  
  •  

rape-case_thumbकाठमाडौ, ६ माघ(एजेन्सी) : पञ्जावमा एक महिला प्रहरीको बलात्कार गरिएको छ । ती महिला प्रहरीको बलात्कार गर्ने अन्य कुनै सामान्य व्यक्ति नभएर प्रहरी नै हुन् ।

डुगरी चौकीमा तैनाथ रहेका प्रहरी मनवीर सिंहले आफ्नो बलात्कार गरेको ती महिला प्रहरीले उजुरी दर्ता गराएकी छिन् । यस घटनाको पुष्टी ड्गरी थानाको सब-इन्स्पेक्टर गुरवीर सिंहले गरेका छन् । प्रहरीले महिला प्रहरीको सिभिल अस्पतालमा मेडिकल परिक्षण गराउने छ ।

गुरवीर सिंहका अनुसार महिला प्रहरी करिब १ वर्ष पहिले ड्गुरी थानाको नजिकैको एक अर्को शाखामा तैनाथ रहेकी थिइन् । उनी उक्त क्षेत्रमा गस्ती गर्ने क्रममा ड्गरी आउने जाने गर्थिन् । आरोपी मनवीर सिंह करिब १ वर्ष पहिले ड्गुरी चौकीमा तैनाथ थिए । चौकीमा आउनेजाने क्रममा दुईबीच प्रेमसम्बन्ध समेत बनेको थियो ।

आरोपी मनबीरले ती महिलाई विवाह गर्ने आश्वासन पनि दिएका थिए । यस्तै आश्वासन दिने क्रममा मनवीरले ती महिला प्रहरीसँग शारीरिक सम्बन्ध पनि बनाए । आरोपीले पटक-पटक ती महिलाको बलात्कार पनि गरे । यसपछि मनवीरको सरूवा डेहलो चौकीमा भयो भने ती महिला प्रहरीको अन्य चौकीमा ।

पछि आरोपी मनवीरले पीडितासँग विवाह गर्नका लागि अस्विकार गरे । पीडित महिला प्रहरीले यसको विषयमा प्रहरीका उच्च अधिकारीहरूसँग गरिन्, जसले जाँचको आदेश दिए । प्रहरीले जाँचपछि आरोपीविरूद्ध उजुरी दर्ता गरायो । आरोपीको खोजी कार्य भइरहेको बताइएको छ ।


  •  
  •  
  •