गाई काटेको विषयमा प्रहरी–स्थानीय झडप, दुई प्रहरी सम्पर्कबाहिर

246
  •  
  •  
  •  

काठमाडौं ३० साउन । सिम्जुङ गाविस ६ सिरानडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। झडपमा एक स्थानीय घाइते भएका छन् भने दुई प्रहरी झडपपछि सम्पर्कबाहिर छन्। स्थानीयले गाई काटेर खान लागेको बेला पुगेको प्रहरी टोलीले गाई नकाट्ने अनुरोध गरेपछि झडप भएको थियो।

स्थिति नियन्त्रण लिन प्रहरीले चलाएको गोलीले स्थानीय ६५ वर्षीय लाक्पा तामाङ घाइते भएका छन्। उनलाई उपचारका लागि आर्मीले बोकाएर सदरमुकामतर्फ ल्याइरहेको छ। हतियारसहित जाइलागेपछि हवाइफायर गरेको प्रहरीले जनाएको छ। स्थानीयले ड्युटीमा खटिएका दुई प्रहरीलाई नियन्त्रणमा लिएका छन्। उनीहरू प्रहरी चौकीसँगको सम्पर्कमा आउन सकेका छैनन्।
भट्टेक बजारको प्रहरी चौकीमा रहेका सात प्रहरीसमेत त्यहाँ बस्न नसकेर नजिकै रहेको नेपाली सेनाको क्याम्पमा आश्रय लिएर बसेका छन्। स्थानीयले भट्टेक प्रहरी चौकी अहिले पनि घेरिरहेका छन्। निरन्तरको वर्षाका कारण घटनास्थल रहेको क्षेत्रमा टेलिफोन सम्पर्क हुन सकेको छैन। गोरखा सदरमुकामबाट प्रहरी नायब उपरीक्षक रमेश थापा नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ। सदरमुकामबाट घटनास्थल पुग्न तीन घन्टा लाग्छ। नागरिकबाट


  •  
  •  
  •