प्रहरी र प्रदर्शनकारीको भिडन्तपछि यस्तो देखियो बानेश्वर…(फोटोफिचर)

128
  •  
  •  
  •  

काठमाडौ, १६ फागुन(ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनको तीनकुनेबाट निस्केको जुलुस र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।

निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले लाठी प्रहार गरेका थिए । यस्तै, प्रदर्शनलाई तितरवितर पार्नका लागि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । करिब आधा घण्टा भीडन्त भएपछि जुलुस प्रशासन र प्रदर्शनकारीहरूबीच भएको सहमति अनुसार जुलुस खुलामञ्चतर्फ अगाडी बढेको थियो ।

झडपका क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथी प्रहार गरेका ढुङ्गा तथा इँटाका टुक्राहरू सहित पर्चाहरू बाटोमा तितरबितर भएर छरिएको देखिन्थ्यो । नयाँ बानेश्वरको बाटोमा पर्चाहरू, ढुङ्गामुढाहरूसहित चप्पलहरू पनि तितरबितर भएका देखिन्थे । प्रदर्शनकारीहरू भाग्ने क्रममा ती चप्पलहरू छोडिएको हो ।

प्रदर्शनका क्रममा करिब ३ दर्जन घाइते भएका छन् भने केहि घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

jhadap jhadap6 jhadap5 jhadap4 jhadap3 jhadap2 jhadap1


  •  
  •  
  •