न्यायधिस बमलाई गोली हान्ने अभियुक्तलाई पक्राउ गरेका दुई प्रहरीको बढुवा

471
  •  
  •  
  •  

काठमाडौ, १४ माघ (ओएनएस) : सर्वोच्च अदालका तत्कालिन न्यासधिस रण बहादुर बमलाई गोली हान्ने दुई अभियुक्तलाई पक्राउ गर्ने दुई प्रहरीको विशेष बढुवा गरिएको छ ।

२०६९ जेठ १८ गते शंखमुलस्थित युएन पार्क नजिक बमलाई गोली हानी हत्या गरी फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेकासर्लाहीको गडैया प्रहरी कार्यालयमा कार्यरत जवान इन्दल प्रसाद कुसवाह र सर्लाहीकै बहादुरपुर कार्यरत जवान उपेन्द्र प्रसाद यादवलाई उत्कृष्ट कार्यको कदर स्वरुप प्रहरी हवल्दार पदमा विशेष बढुवा गरिएको छ ।

प्रहरी नियमावली २०७१ मा बढुवा सम्बन्धि बिशेष व्यवस्था भए अनुसार राष्ट्र तथा संगठनको छवि उच्च राख्ने कार्यमा उत्कृष्ट भुमिका निर्वाह गरे वापत बढुवा भएका बुधबार प्रहरी महानिरीक्षकबाट दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

एक महिनाअगाडि बम हत्याको योजनाकार र हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरिएको थियो ।

घटनामा बाबु थापा, करण चौधरी, प्रेमराज खड्का, दिपक कर्ण र सञ्जय इस्माली मगरको संलग्नता खुलेपछि कुसवाह र यादवले उनीहरुलाई पक्राउ गर्न निर्णायक भूमिका खेलेका थिए ।


  •  
  •  
  •