अतिरिक्त महानिरीक्षकद्धारा लाखौ रकम असुली

91
  •  
  •  
  •  

काठमाडौं २२ असार (ओएनएस) :
अवकाशको मुखैमा पुगेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठमाथि सशस्त्रका अधिकृतसँग लाखौं रकम असुली गरेको उजुरी परेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय विभागिय छानबिनलाई लिएर अप्ठेरोमा परेको छ ।
सशस्त्रको आइजीपी बन्ने, त्यसपछि रकम फिर्ता गर्ने, र रकम लिएको गुण आइजी भएपछि तिर्ने भन्दै रकम लिएर एआइजी श्रेष्ठले फिर्ताका लागि चासो नदिएको भन्दै पीडितले उनीविरुद्ध उजुरी दायर गरेका छन् ।

तर उजुरी उपर कारबाहीका लागि प्रक्रिया अघि बढाउँदादेखि किनारा लाग्दासम्म श्रेष्ठले एआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाश पाइसक्ने भएकाले सशस्त्र मुख्यालय उजुरीमाथिको विभागीय छानबिनलाई लिएर अप्ठेरोमा परेको हो ।एआइजी श्रेष्ठले आगामी १४ साउनमा अनिवार्य अवकाश पाउँदै छन् ।
स्रोतका अनुसार उनीमाथि तल्लो दर्जादेखि नायब महानिरिक्षक सम्म रकम असुलेको आरोपसहितको उजुरी परेपछि विभागीय कारबाही प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सशस्त्र मुख्यालयमा पटकपटक छलफल भएको छ । राजधानी दैनीकबाट


  •  
  •  
  •