प्रहरी र चालकबीच झडप, ५ सेल अश्रुग्याँस प्रहार!

902
  •  
  •  
  •  

काठमाडौं, ५ असाेज (ओएनएस) : अछाममा प्रहरी र चालकबीच झडप भएकाे छ। साँफेबगरमा चालकले जारी राखेकाे आन्दोलनका क्रममा उनीहरुबिच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर घाइते भएका छन् ।

घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको थियो। प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप चालकहरूको थियो ।

मङ्लसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकिएपछि गाडी चालक प्रहरीमाथि जाइलागेकाले मङ्गलसेनबाट आफ्नो नेतृत्वमा आएका थप प्रहरी टोलीले हुल नियन्त्रण गर्न पाँच सेल अश्रुग्याँस चलाएको प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।तर प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नाका साथै नगरपालिकाको सवारी साधनमा तोडफोड र बजार बन्द गराएका थिए ।

प्रहरी निरीक्षक रावतले नगरपालिकाको भवनभन्दा माथिबाट ढुङ्गा र सिसा प्रहार गरेकाले हुललाई शान्त पार्न हवाइफायर गरिएको बताए । ढुङ्गा प्रहारबाट प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसमेत घाइते भएका उनले जानकारी दिए ।सरकारले सवारी साधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याइएको भन्दै चालकले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन्


  •  
  •  
  •