प्रहरीद्धारा विदेशमा रहेका नेपालीलाई खुसीकाे खबर

272
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख (अाेएनए) : नेपाल प्रहरीद्धारा विदेशमा रहेका नेपालीले अब इन्टरनेटकाे प्रयाेग गरी नेपालको चारित्रिक प्रमाणपत्र(पुलिस रिपोर्ट) बनाउन सकिने भएकाेले उनीहरु खुसी भएका छन्।

विदेशमा रहेका नेपालीलाई पुलिस रिपोर्ट बनाउन सहज हाेस भन्ने उद्देश्यले याे सुविधा ल्याइएकाे नेपाल प्रहरीका प्रवक्ता मनाेज नेउपानेले बताए। उनले भने, विदेशमा बस्ने नेपालीहरु इन्टरनेटकाेप्रयाेग गरी अब इमेल मार्फत अाजबाट नै पुलिस रिपोर्ट पाउने छन्।’

नेपाल प्रहरीले इमेलबाट नै आवश्यक कागजपत्र बुझेर इमेलमार्फत नै रिपोर्ट दिने प्रणाली सुरु गरेको हो। प्रहरी प्रशासन कार्यालयको चालचलन शाखाको इमेल policereport@nepalpolice.gov.np मार्फत आवश्यक कागजपत्र सहित आवेदन दर्ता गरी सम्बन्धित व्यक्तिको इमेलमार्फत नै प्रहरी प्रमाणपत्र विदेशमा रहेका नेपालीलाई पठाइने छप्रवक्ता मनाेज नेउपानेले बताए।

यसअघि विदेशमा रहेका नेपालीका आफन्तहरुले प्रहरी प्रधान कार्यालयमै गएर आवेदन दिएर पुलिस रिपाेर्ट लिने गरेका थिए।


  •  
  •  
  •