साढे ३३ किलाे सुन प्रकरणमा तानिए पूर्वडिआइजी र बहालवाला प्रहरी अधिकृत

869
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख (ओएनएस): साढे ३३ किलाे सुन प्रकरणमा संलग्नता रहेकाे अाशंकामा साेधपुछ तथा अनुसन्धानाे लागि पूर्वडिआइजी र बहालवाला प्रहरी अधिकृत समेत तानिएका छन्।

छानविन समितिले साडे ३३ किलाे सुन प्रकरणमा संलग्ना रहेकाे भन्दै साेधपुछकाे लागि पूर्वडिआइजी र बहालवाला प्रहरी अधिकृतलाई अनुसन्धान समितिले पत्र काटेकाे छ। समितिले पत्र काट्दै उनीहरुलार्इ उपस्थित हुन निर्देशनात्क अादेश दिएर तानेकाे छ।

केही प्रहरी अधिकृतहरुनै पीडकलार्इ उन्मुक्ती दिने गतिविधी गरेपछि ती प्रहरी अधिकृतहरुलार्इ उक्त प्रकरण अनुसन्धान नगर्न बन्देज लगाउदैँ सत्य तथ्य तथा गहन अनुसन्धानका लागि सरकारद्वारा दुर्इ छुट्टा छुट्टै छनविन समिति गठन भएकाे थियाे।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियाे भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियाे।

साेही अनुसन्धान समितिले उपस्थित गराउन पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतलगायतलाई समितिसमक्ष उपस्थित गराउन भनी प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको गृहमन्त्रालयले सह–सचिव तथा छनविन समितितका संयाेजक ईश्वर पौडेलले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २०७३ पुषमा भित्रिएको साढे ३३ किलो सुन तस्करीको घटनामा जोडिएका ३ जना हत्या भइसकेकाे छ । साेही मृत्यु प्रकरणमा प्रहरीका उपरोक्त वरिष्ठ अधिकारीहरु पनि मुछिएकाे भन्दै समितिले पत्र काटेकाे हाे । सो काण्डमा मुछिएका डिआइजी निरौलाले भने गत २९ चैत्रमा अवकाश पाइसकेका छन्, एसएसपी खत्री प्रहरी प्रधान कार्यालयमा र खनाल मकवानपुर प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन् ।

डिआईजी निरौला २०७२ देखि २०७३ सम्म विमानस्थल प्रमुखको रुपमा कार्यरत थिए । उनी निरन्तर सुन तस्करको गिरोहसँग सम्पर्कमा रहेको अनुसन्धानकाे क्रममा खुलेकाे छानविन समितिका एक प्रहरी अधिकृतले बताए। डिआईजी निरौला कै कार्यकालमा २०७३ पुष २१ पुषमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो ।

त्यस यतादेखि १६ महिनाकाे अवधिसम्म प्रहरीले एयरलाइन्सका कर्मचारी लगायत २० भन्दा बढीव्यक्तिलार्इ पक्राउ गरिसकेकाे तर मुद्दाकाे अन्तिम टुङ्गाे भने लाग्न सकेकाे छैन्। बरामद गरिएकाे भनिएकाे सुन समेत गायब भएकाे भने तीन व्यक्तिकाे हत्यासमेत भइसकेकाे छ ।


  •  
  •  
  •