‘कानुन विपरीत काम गर्ने प्रहरीलाई तह लगाउने काम सुरु भइसक्यो’ : आईजीपी खनाल

238
  •  
  •  
  •  

काठमाडाैँ, १३ बैशाख (अाेएनएस) : प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनालले प्रहरी संगठन भित्र नै बसेर कानुन विपरीत काम गर्ने प्रहरीलाई तह लगाउने काम सुरु भइसकेको बताएका छन्। उनले भने,‘हामीले संगठन वदनाम गर्ने प्रहरी विरुद्ध सुक्ष्म अनुसन्धान गरीरहेका छौ।’

जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै खनालले जनताले अनुभूति गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई तिब्र गतिमा अगाडि बढाइएको बताए ।

उनले भने, ‘केहि कामहरुको जनताले अनुभूति गरीसक्नु भएको छ। अब हाम्रो प्रथामिकता अपराध नियन्त्रण गर्ने नै हो।’ प्रहरी प्रमुख खनालले केही नालायक सदस्यहरुले गरेका अपराध कर्मलाई लिएर पुरै प्रहरी संगठनसँग जोड्न नमिल्ने बताए ।

राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने भन्दै उनले भने ‘संगठनमा केही त्यस्ता कानुन विरुद्ध काम गर्ने प्रहरीहरु छन तिनीहरुलाई वाच गर्ने काम भइरहको छ।’ प्रहरी प्रमुख खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए । उनले प्रदेशमा प्रहरीको संरचना कसरी व्यवस्थापनबारे गृह मन्त्रालयले काम गरिरहेको उनले बताए।


  •  
  •  
  •