नयाँ पोशाक समस्याः ‘प्रहरी हौं भन्दा पनि चिन्दैनन्’

693
  •  
  •  
  •  

काठमाडौं १९ कात्तिक ।
प्रहरी प्रधान कार्यालयले कार्यक्षेत्रमा खटिदा लगाउने टाटेपाटे चुस्ता फेर्दै गाढा निलो ड्रेस शुरु गरेको १ महिना पुग्न लाग्दा प्रहरी नै आफ्नै पोशाकप्रति अभ्यस्त हुन सकेका छैनन्। सैनिक र अर्धसैनिक प्रकृतिको सुरक्षा संगठनले प्रयोग गर्ने टाटोपाटे चुस्ता हटाउँदै प्रहरीले ५९ औं प्रहरी दिवस पारेर कात्तिक १ गतेबाट उपत्यकाका ५ हजार प्रहरीबाट गाढा निलो रंगको ड्रेस कार्यान्वयनमा ल्याएको थियो।
पुरानै ड्रेसमा अध्यस्त भएका सर्वसाधारणले नयाँ पोशाक लगाएका प्रहरीलाई नचिनेर रेस्पोन्स नगर्ने समस्या उस्तै छ। नयाँ पोशाक लगाएर कार्यक्षेत्रमा खटिने प्रहरी आफै समेत नयाँ पोशाकमा अभ्यस्त देखिएनन्। ‘पहिला ड्रेस देखेकै भरमा सर्वसाधारणले रेस्पोन्स गर्थे, अहिले प्रहरी हौं भन्दा पनि पत्याउँदैनन्’ दरवारमार्गमा भेटिएका एक प्रहरीले भने’ उनीहरु एकैछिन घोरिएर हेर्छन् अनी नयाँ ड्रेस होे भन्दा पनि अनौठो गरी हेर्छन ।’

प्रहरीले चुस्ताको स्थानमा अहिले जुन पोशाक लगाएको छ त्यो नयाँ भने हैन । २०४६ को जनआन्दोलनको सफलतासँगै प्रहरीले आफ्नो खैरो रंगको पोशाक फेर्दै कार्यालयको काममा आकाशे कलरको सर्ट र निलो पाइन्ट र कार्यक्षेत्रमा खटिँदा गाढा निलो रंगको नयाँ ड्रेस प्रचलनमा ल्याएको थियो ।

२०५८ सम्म प्रहरीले गाढा निलो रंगकै पोशाक लगाउँदै आएको थियो । माओवादी द्धन्द्धमा सेना र सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी समेत संयुक्त रुपमा खटिने भएपछि प्रहरीले निलोको साटो गाढा निलोमा हल्का आकाशे रंग मिसिएको चुस्ता प्रयोगमा ल्याएका थिए ।

प्रहरी प्रवक्ता माधव जोशीका अनुसार चुस्ता प्रयोगमा आएपछि गाढा निलो ड्रेसको प्रयोग घट्दै गयो । प्रयोगमै नआएपछि प्रधान कार्यालयले समेत निलो कपडा किन्न छाड्यो । द्धन्द्धको समाप्तीपछि पनि कार्यक्षेत्रमा खटिने प्रहरीले टाटेपाटे चुस्ताकै प्रयोग गरे । तालिमे प्रहरीले भने यही गाढा निलोनै लगाउँदै आएका थिए ।

नागरिकसँग घुलमिल भएर काम गर्नुपर्ने प्रहरी संगठनले सकेसम्म टाटोपाटे चुस्ताको प्रयोगै नगर्ने भएकाले टाटेपाटे चुस्ताको साटो गाढा निलो प्रयोगमा ल्याएको प्रहरी प्रवक्ता माधव जोशीले बताए। ‘चुस्ताको स्थानमा अहिले प्रयोग गरिएको कलर पुरानै हो’ डिआइजी जोशीले भने’ २०४६ पनि नै यो प्रयोगमा थियो, पछि चुस्ता थपिएको मात्रै हो।’

नेपाल प्रहरीले प्रयोग गर्ने चुस्ता र सशस्त्र प्रहरीको चुस्ता उस्तै देखिँदा समेत समस्या बढेको थियो। प्रहरीको गाढा निलोमा आकाशेरंगको टाटो भएको चुस्ता र सशस्त्रको निलो र खैरो छ्यासमिसे रंगको चुस्तामा सर्वसाधारण झुक्किनेक्रम बढेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले २०६९ मा नेपाल प्रहरीको चुस्ता बदल्ने निर्णय गरेको थियो ।

२ वर्ष अगाडि निर्णय आए पनि कपडाको वजेट अनुसार पुरानै चुस्ता किनिएकाले प्रधान कार्यालयले २०७१ बाट मात्रै सो निर्णय कार्यान्वयमा ल्यायो।

प्रहरी प्रवक्ता जोशी प्रहरी र सर्वसाधारण तत्काल अभ्यस्त हुन नसक्नुलाई ठुलो समस्याको रुपमा हेर्दैनन् । चुस्तामा अभ्यस्त भएकाहरुका लागी झट्ट नयाँ पोशाक हेर्दा केही अनौठो लागे पनि प्रहरी कर्मचारी र सर्वसाधारण विस्तारै अध्यस्त हुँदै जाने जोशीले बताए ।

२०४६ मा ड्रेस बदल्दाको अनुभव सुनाउँदै उनले भने’ त्यो बेला खाकी खैरो रंगको सट्टा आएको आकाशे रंगको सर्ट र निलो पाइन्ट लगाएर कार्यालय जाँदा स्कुलको विद्यार्थीको जस्तो ड्रेस भनेर जिस्क्याउँथे, अहिले त्यही बानी परिसक्यो, यो पनि विस्तारै भिज्छ ।’
पूरै बदल्न २ वर्ष बढी
काठमाडौं, ललितपुर र भक्तपुरमा गाढा निलो ड्रेसमा प्रहरी देखिए पनि उपत्यका बाहिरका भने अझै पुरानै चुस्ता कायम छ। प्रधान कार्यालयले कात्तिकबाट परिक्षणका रुपमा महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतको काठमाडौं, ललितपुर र भक्तपुरका ५ हजार प्रहरीको पोशाक मात्रै फेरेको हो।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार उपत्यकाका गण, गुल्महरुमा पनि टाटोपाङग्रे चुस्तानै कार्यान्वयनमा छ ।

प्रहरी प्रवक्ता तथा डिआइजी जोशीले आएका सुझाव अनुसार परिमार्जन गर्दै अन्य क्षेत्रमा कार्यान्वयन गराउन उपत्यकाबाट शुरु गरिएको बताए । प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारीले २–२ वर्षमा एक जोर चुस्ता पाउने नियम रहेकाले एकै पटक सबै क्षेत्रका पोशाक फेर्न नसकिएको जोशिले बताए ।

‘अब नयाँ खरिदगर्दा टाटोपाटे चुस्ताको कपडा किन्दैनौं’ उनले भने’उपत्यकाको प्रभावको आधारमा क्षेत्रहरुमा विस्तार गरेर सबैतिर एकै रंगको ड्रेस लागु गर्न न्युनतम २ वर्ष त लाग्छ।’ नागरिकबाट


  •  
  •  
  •