प्रहरी जवान मृत फेला

94
  •  
  •  
  •  

कैलाली, साउन २८ (ओएनएस) :  कैलालीको अत्तरिया नगरपालिका–९ घर भएका दगां नियन्त्रण प्रहरी गण महेन्द्रनगर कंचनपुरमा कार्यरत प्रहरी जवान अमर सिंह राना मृत अवस्थामा फेला परेका छन् ।

साउन २१ गतेदेखि बिदामा घर गएका उनलाई बुधवार बिहान साढे १० बजे घर नजिकै खेतको आलीमा घोप्टो अवस्थामा मृत फेला पारिएको थियो । उनको खल्तीमा सल्फास नामक बिषादीको खाली डिव्वा समेत फेला परेकोले बिषादी सेवन गरी मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


  •  
  •  
  •