कांग्रेस अधिवेशन रोक्न खोज्दा हवाई फायर

209
  •  
  •  
  •  

जनकपुर, १७ माघ(ओएनएस) : जनकपुर उपमहानगरपालिका-१४ पिरारी चोकस्थित ब्रम्हपुरीमा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद लिला कोइराला आफ्नो निवासबाट बाहिरिन खोज्दा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा आन्दोलकारीहरूले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए भने प्रहरीले आधा दर्जन अश्रुग्यास तथा दुई राउण्ड हवाई फायर समेत गरेको थियो । झडपमा केही आन्दोलनकारी घाइते भएका छन् ।

आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले कोइरालाको जनकपुर–९ ब्रह्मपुरीस्थित घर अगाडि शनिवारदेखि नै विरोध प्रदर्शन गरिरहेका थिए ।

मोर्चा कार्यकर्ताहरुले जिल्लाको गाउँ गाउँमा अधिवेशमा अवरोध तथा सांसदहरुलाई घेराउ गर्न थालेपछि कांग्रेसका नेता कार्यकताहरुले गोप्य स्थान र नेताको घरमै सहमतिमा कार्यसमिति चयन कार्य गरिरहेका छन् ।


  •  
  •  
  •