काठमाडौं, २१ साउन (ओएनएस) : प्रहरी कार्बाहीमा बुधवार काठमाडौको भीमढुङ्गामा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को साथमा पेस्तोल भेटिएको छ । बुधवार साझ ५ बजेको समयमा प्रहरी संगको भीडन्तमा चरीका मेत्यु भएको हो ।
काठमाडौको भीमढुङ्गामा रहेको घटनास्थलमा पुगेको प्रहरीले चरीको हातवाट पेस्तोल फेला पारेको छ । हातमा पेस्तोल समातेकै अवस्थामा उनको शव ढलेको थियो ।
बा ४९ प ३११२ नम्बरको रातो पल्सरमा उनी भीमढुङगाको बाटो भएर धादिङ जान थालेका थिए । चरीले चढ्ने गरेको कार प्रहरीले केही समय पहिले एक मोडेलको घरवाट नियन्त्रणमा लिएको थियो ।
सुरक्षा स्रोतका अनुसार प्रहरी संगको भीडन्तका क्रममा चरीले केही राउण्ड गोली चलाएका थिए । भीमढुङ्गा क्षेत्रमा अहिले बाक्लो सुरक्षा व्यबस्था गरिएको छ ।
छोटो समयमै अकुत सम्पत्ति र शक्ति आर्जन गर्न सफल चरी नेकपा एमालेका धादिङका कार्यकर्ता हुन । गत बर्ष पनि उनी गुण्डा समूहको ग्याङ फाइटमा घाइते भएका थिए ।