डिआईजीका लागि १३ जनाको नाम सिफारिस

426
  •  
  •  
  •  

भूवन क्षेत्री

काठमाडौं १६ भदौ (ओएनएस) : नेपाल प्रहरीको नायव प्रहरी महानिरिक्षक (डिआइजी)का लागि १३ जनाको नाम सिफारिस भएको छ । केही बरिष्ठलाई छाडेर कनिष्ट सहित १३ जनाको नाम बढुवा सिफारिस समितिले सिफारिस गरेको छ । आइतबार मध्यरात बसेको बैठकले ७५ जनामध्ये १३ जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । गृहसचिव सुर्य सिलवालको अध्यक्षतामा बसेको २०४३ र २०४४सालमा प्रहरी निरिक्षकबाट सेवा सुरु गरेका मध्येबाट समितिले नामसिफारिस गरेको हो । सिफारिस समितिमा आईजीपी उपेन्द्रकान्त अर्याल सदस्य र मानवस्रोत विभागका एआईजी रमेशशेखर बजारचार्य सदस्य सचिव छन । २०४३ सालमा प्रहरीमहानिरीक्षक अर्यालसँगै सेवा सुरु गरेका तीनजना भने बढुवामा बन्चित भएका छन ्।

समितिले गएराती रामकुमार खनाल, मनोहरप्रसाद रिमाल, पूर्णसिंह खड्का, पुशपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाला कायस्थ, मधुप्रासद पुडासैनी, माधवप्रसाद जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधवप्रसाद नेपालालई डिआइजीमा बढुवाका लागि सिफारिस गरको हो । आईजीपी अर्यालका ब्याजी रवीप्रताप राणा र ज्ञादोदयराज वैद्य बढुवाबाट परेका छैनन । एक नम्बरमा रहेका रणबहादुर चन्द र दुई नम्बरमा रहेका हेमन्तबहादुर पाल पनि बढुवाकालागी सिफारिस परेनन ।


  •  
  •  
  •