वास्तु मिलाउने नाउँमा प्रहरीको फजुल खर्च

171
  •  
  •  
  •  

काठमाडौं १३ पुस ।
नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरुले वास्तुशास्त्र मिलाउन सरकारी कोाषबाट लाखौँ रुपैयाँ फजुल खर्च गर्दै आएको भेटिएको छ । कार्यकक्ष र शौचालय वास्तु विज्ञानअनुसार मिलाउने बहानामा प्रहरी अधिकारीहरुले लेखापालसँग मिलेर खर्च गरिरहेका तथ्य एक पछि अर्को गरी बाहिर आएका छन् ।

मुख्यालयभित्र अधिकांश विभाग तथा निर्देशनालय प्रमुखले आफू सरुवा हुने वित्तिकै कार्यकक्ष व्यवस्थापनमा फजुलद खर्च गर्दै आएका छन् । ‘अधिकांश उच्च अधिकारीहरु सरुवा भएर आएपनि आफूअनुकूल कार्यकक्ष बनाृन खोज्छन्, प्रहरीका एक लेखापालले भने,‘त्यसक्रममा मोटो रकम फजुल खर्च हुन जान्छ । मर्मतसम्भार र डेकोरेसन फेरबदलका नाममा आर्थिक अनियमितता हुन्छ ।’

प्रहरी मुख्यालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा तय गरेको णनीति तथा कार्ययोजनामा शूख्न्य सहनशीलतामा आधारित प्रहरी सेवा र आर्थिक अनुशासनलाई प्राथमिकतामा राख्ने भनिएको छ । तर उच्च अधिकारीहरु नै आफैले तय गरेका नीति नियमविपरीत बजेट दोहन गर्न लागिपरेका छन् ।

कारोबारबाट


  •  
  •  
  •