सुराकीले पाउने कमिसनमा प्रहरीले बार्गेनिङ गरेको भिडियो सार्वजनिक

283
  •  
  •  
  •  

काठमाडौ, २४ मंसिर(ओएनएस) : एक बर्षअघि काठमाडौंको कोटेश्वरबाट बरामत गरिएको ३५ किलो अबैध सुनको सुराकी गरेबापत प्राप्त हुने रकममा प्रहरीले बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएको छ । व्यस्थापीका संसदको लेखा समितिमा सुन सुराकीले पाउने कमिसनमा प्रहरीले घोटला गरेको उजुरीबारे छलफल चल्दै गर्दा सभासद धनराज गुरुङले प्रहरीले बार्गेनिङ गरेको भिडियो सार्वजनिक गरेका हुन् ।

प्रहरीले वास्ताविक सुराकीलाई कमिसन दिन अस्वीकार गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै सभासद गुरुङले भने ‘कोटेश्वरबाट बरामत गरिएको सुनको कमिसन बारेको भिडियो सार्वजनिक भएको छ, प्रहरीले कमिसनमा बार्गेनिङ गर्नुका साथै सुराकीलाई मार्ने धम्कि पनि दिएका छन्, तत्कालिन अनुसन्धान ब्यूरोका हवल्दार सुरेन्द्र स्वाँरले सुराकीहरुलाई कमिसन दिन नकारेको स्पष्ट देख्न सकिन्छ ।’

सभासद गुरुङका अनुसार भिडियोमा प्रहरीले सुराकीलाई धम्की दिएको बारेको दृष्यमा प्रहरीले यस्तो भनेका थिए ‘सबै रुपैया तिमीहरुलाई दिए हामीले चै के खानु, हाम्रा चै बालबच्च पाल्नु पर्दैन, तिमीहरुलाई सक्कली सुराकीमा नाम राखिए तिमीहरु मर्छाै ।’

यसअघि २०७० सालको बैसाकमा कोटेश्वरमा बरामत गरिएको ३५ किलो सुनका सुराकीहरुले कमिसन बापत आउने १ करोड ७७ लाख रुपैया नपाएको भन्दै लेखामा उजुरी दर्ता गराएका थिए । प्रहरीले वास्तविक सुराकीलाई कमिसन नदिइ नक्कली सुराकी खडा गरेको भन्दै परेको उजुरीको आधारमा लेखाले छानविन थालेको थियो । सुनको सुरकीहरुले १५ प्रतिशत कमिसन पाउने गरेका छन् ।
थप अनुसन्धान गर्ने
सुन सुराकीलाई दिने कमिसनमा घोटला गरेको भन्ने आरोप लागेपछि व्यवस्थापीका संसदको लेखा समितिले थप अनुसन्धान गर्ने भएको छ । प्रहरी महानिरिक्षल उपेन्द्रकान्त अर्यालले सुराकीको कमिस बारेमा बुधबार दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै लेखा समितिले थप अनुसन्धान गर्ने भएको हो । ‘प्रहरी महानिरिक्षक अर्यालले दिनुभएको जवाफ चित्त बुझ्दो छैन । ’ सभासद धनराज गुरुङले भने ‘प्रहरी भित्र सुनको सुराकीको नाममा कमिसन खाने ठुलो जालो छ, त्यसलाई बाहिर ल्याउन जरुरी छ । ’

तीन बर्षमा १ अर्ब २० करोड मुल्य बराबरको २८५ केजी सुन बरामत
महानिरीक्षक अर्यालले सुन तस्करीको विवरण पेश गरेपनि को–को सुराकीलाई कति–कति कमिसन दिएको भन्ने खुलाएनन् । उनले सुराकीको नाम भन्सार ऐन अनुसार अदालत बाहेक अरु कसैलाई दिन नमिल्ने बताए । त्यसै कारणले सुराकीहरुको नाम प्रहरीलाई पनि थाहा नभएको समितिलाई बताए । उनले प्रहरीले सुन सुराकीले पाउने कमिसनमा कुनै संलग्नता नभएको बताए । साथै संलग्नता पाइने कडा कारवाहि गर्ने पनि महानिरिक्षक अर्यालको भनाई थियो ।

महानिरिक्षक अर्यालले समितिको बैठकमा पछिल्लो तीन बर्षमा १ अर्ब २० करोड मूल्य बराबरको अबैध सुन बरामत भएको जानकारी दिएका थिए । उनका अनुसार पछिल्लो तीन बर्षमा २८५ केजी अबै सुन बरामत गरिएको छ भने पछिल्लो एक बर्षमा मात्र १११ केजी अबैध सुन बरामत भएको छ । उनले पछिल्लो ३ बर्षमा सुन सुराकीले १८ करोड रुपैया कमिसन पाएको तथ्य पनि लेखा समितिलाई जानकारी दिए ।


  •  
  •  
  •