युवतीले लुटेको भन्दै नाटक गर्ने प्रहरी आफै खोरमा

85
  •  
  •  
  •  

काठमाडौं ६ असोज ।
युवतीद्धारा बेहोस बनाई लुटिएको नाटक गर्ने शान्तिनगरका गुणराज विक आफैं प्रहरी खोरमा परेका छन्। आईतबार अपरान्ह एक बजे बानेश्वरबाट न्यूरोड जाने क्रममा एक युवतीले पानी खान दिई बेहोस बनाई साथमा रहेको पैसा र गहना लुटपाट गरिनन् भन्दै विक गौशाला प्रहरीमा उजुरी दिन पुगेका थिए।

महानगरीय प्रहरी वृत्त गौशालाले बानेश्वर प्रहरीको एरिया भएकोले उतै उजुरी दिन जानुस् भनेपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले युवतीको हुलियाका आधारमा पुरानो बानेश्वर देखि रत्नपार्क चल्ने गाडीमा सर्च ग:यो। युवती फेला परिनन्। प्रहरीले अनुसन्धानका लागि विककै मोबाईल मागेर हेर्दा एउटा नम्बरबाट ‘ अब देखि तिमि मलाई दिदि भन, म तिमिलाई भाई भन्छु’ भनेर म्यासेज पठाएको पायो। म्यासेजबारे केरकार गर्दा विकले घटनाको सबै रहस्य खोले।

विक लुटिएको नभएर नाटक गरेको तथ्य फेला प:यो। विकले शिला नामकी युवतीलाई आफैंले फोन गरेर शान्तिनगर बोलाई चावहिल स्थित मनकामना गेष्ट हाउसमा लगेका थिए। गेष्ट हाउसमा केही वेरको बसाई पछि विक शौचालय गएको मौका छोपी युवती बाहिर निस्किईन्। एकाएक युवती बाहिर निस्किएपछि विकले युवतीलाई फसाउन प्रहरीमा नाटकीय शैलीमा उजुरी दिएका थिए।

प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी रमेश तामाङले भने,’ सुरूमा त हस्याङफस्याङ हुँदै घटना विवरण सुनाएपछि हामीले सुचना चारै तिर रिले ग:यौं, केटी नभेटिएपछि विकको मोवाईलमा हेर्दा एसएमएस देखेपछि त्यसबारे प्रष्ट पार्न उनले सकेनन्, थप केरकार गर्दा उनले लुटिएको भनेको पाँच तोला सुन र ६३ हजार रूपैंया देखाए।’

डिएसपी तामाङले गलत सुचना दिएर प्रहरीलाई दु:ख दिएकोले विकलाई हिरासतमा राखिएको जानकारी दिए। विकले युवतीलाई दु:ख दिने मनसायले नै गलत सुचना प्रहरीलाई दिएको स्वीकार गरेका छन्। ‘ दुई घण्टा पछि युवतीसँग हाम्रो फोनमा सम्पर्क भइसक्यो, सोमबार उनी वृत्तमा आएर थप रहस्य खोलेपछि मात्रै विकलाई कस्तो कारबाही गर्ने भन्नेबारे निक्र्यौल गछौं, डिएसपी तामाङले भने। महानगरीय प्रहरी अपराध महाशाखाले यस अघि पनि अपहरणको नाटक गर्ने केही व्यक्तिहरूलाई सार्वजनिक मुद्दा लगाउँदै आएको छ। अन्नपूर्णपोष्ट


  •  
  •  
  •