घुस लिँदैगर्दा असई पक्राउ

194
  •  
  •  
  •  

रुपन्देही साउन ८ (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत एक प्रहरीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । केन्द्रबाट खटिएको अख्तियारको टोलीले ईलाका प्रहरी कार्यालयका असई रामु पौडेललाई नियन्त्रणमा लिएको हो ।
पौडेललाई अख्तियारको टोलीले बुटवल ६ लक्ष्मीनगरबाट नियन्त्रणमा लिएको हो । पौडेलविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताइएको छ । पौडेलले मुद्दा मिलाई दिने भन्दै एकजना व्याक्तीवाट १ लाख रुपैया लिदालिदै पक्रेहो थियो ।


  •  
  •  
  •